बिकुनारायण ताम्राकार
काभ्रे । इन्द्रेश्वर क्याम्पसले प्रकाशित “पुण्यवती जर्नल” तेस्रो संस्करणको लोकार्पण तथा मानव अधिकारः आजको सन्दर्भ नागरिक सम्वाद कार्यक्रम सम्पन्न भएको छ । इन्द्रेश्वर क्याम्पसबाट प्रकाशित “पुण्यवती जर्नल” तेस्रो संस्करणको लोकार्पण तथा मानव अधिकारः आजको सन्दर्भ नागरिक सम्वाद कार्यक्रम इन्सेक नेपालका महासचिव सहप्राध्यापक डा.रघुनाथ अधिकारीको प्रमुख आतित्थ्यता र क्याम्पस सञ्चालक समितिको अध्यक्ष तुयुकाजी ताम्राकारको सभापतित्वमा र क्याम्पस प्रमुख श्रीकुमार सुवालकको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।
क्याम्पस प्रमुख श्रीकुमार सुवालले कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै शैक्षिक क्षेत्रहरुले अुनसन्धानबाट उपलब्धिको रुपमा जर्नल प्रकाशन गरिएको जानकारी गराएका थिए । आगामी दिनहरुमा शिक्षक विद्यार्थीबाट हुने अध्ययन अनुशन्धानलाई यस जर्नलमा समावेश गरिने उनको भनाई थियो ।

कार्यक्रममा रघुनाथ अधिकारीबाट नेपालको मानव अधिकारको वर्तमान अवस्थाका बारेमा गहन विचार राखेका थिए । नेपालमा मानवअधिकार हनन हुने प्रमुख श्रेत्रहरु महिला हिंसा, घरेलु हिंसा, बालिका हिंसा र श्रमिक, जलवायु वातावरणको अधिकार र प्रदुसनको बारेमा आफ्नो विचार राखेका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डा. राजन विनायक पासाबाट समिक्षा तथा मुल्यांकन गरि यस जर्नलले पनौती लगायत स्थानिय क्षेत्रको अध्ययन अनुसन्धानमा अहम भुमिका खेल्ने बताए ।
कार्यक्रमको सभापति तुयुकाजी ताम्राकारले कार्यक्रममा उपस्थित सम्पूर्ण गन्यमान्य व्यक्तित्वहरुलाई धन्यवाद दिई क्याम्पसबाट प्रकाशित तेस्रो जर्नलले पनौती लगायत नेपालका शिक्षा,स्वास्थ्य, ऐतिहासिकता र पर्यटनका क्षेत्रहरुमा विशेष योगदान पुग्ने बताए । कार्यक्रममा व्यवस्थापन समितिका उपाध्यक्ष राजेश कुमार श्रेष्ठ, कोषाध्यक्ष भिमसेन बस्नेत लगायत सञ्चालक समितिका सदस्यहरु विभिन्न संघ सगठनका प्रतिनिधिहरु, शिक्षक कर्मचारी र विद्यार्थीहरु सहितको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख जयराम कर्माचार्यले गरेका थिए ।
