After header

नवक्षितिज साप्ताहिकको रजत बर्षको सुभारम्भ

काभ्रे । काभ्रे जिल्लालाई कर्मथलो बनाई प्रकाशनमा आएको नवक्षितिज साप्ताहिकले आफ्नो २४ वर्ष पुरा गरेको छ । नवक्षितिज साप्ताहिकले आफ्नो रजत बर्षको सुभारम्भ गरेको छ । साप्ताहिकले स्थापनाको २४ वर्ष पुरा गरी २५ वर्ष आरम्भ गरेको अवसरमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यतामा रजत बर्षको सुरुवात गरेको हो । यसअघि सभामुख देवराज घिमिरले रजत बर्षको लोगो सार्वजनिक गरेका थिए ।

पत्रिका प्रकाशन प्रालीका अध्यक्ष नवराज बजगाईको अध्यक्षतामा भएको हो । प्रथम राष्ट्रपति डा.रामवरण यादवले पत्रिकाहरुले साप्ताहिक रुपमा नेपालको राजनीतिक घटनाक्रम, इतिहास, संर्घष र वर्तमान अवस्थाका बारेमा नियमित समाचार तथा इतिहास प्रकाशन गर्न अनुरोध गरेका थिए । उनले तथ्य र निश्पक्ष समाचार प्रकाशनमा शुभकामना दिएका थिए । पत्रकारिताले हिमाल, पहाड तराईको साझा समस्या बाहिर ल्याउन आवश्यक रहेको उल्लेख गरे ।

उनले मानव सभ्यताको ऐतिहासिक विकासक्रमको बारेमा चासो दिनुपर्नेमा बताए । उनले चुरे, प्राकृतिक सम्पदाको संरक्षणमा चासो दिन आवश्यक छ । प्रकृतिको संरक्षणको बारेमा पत्रकारिताले ध्यान दिनु पर्छ । त्यस्तै स्वास्थ्यको समस्याको बारेमा पत्रकारिताले केही लेख्न सक्नु पर्नेमा उनले जोड दिए ।

अझैपनि आम नागरिकहरुले सहज स्वास्थ्य पाउन नसक्ने अवस्था सृजना भएको बताए । कार्यक्रममा जिल्ला स्थित प्रदेश सभाका सदस्यहरु, राजनीतिक दलका नेताहरु, विभिन्न क्षेत्रमा संलग्न ब्यक्तिहरुको सहभागिता रहेको थियो । पत्रिका प्रकाशनका अवसरमा पत्रिकाको रजत वर्षको लोगो सार्वजनिक गरे सँगै गितको भिडियो प्रकाशन गरिएको थियो । साथै पत्रिकाले रजत वर्षको अवसरमा स्मारिका प्रकाशन गरेको थियो ।

सोहि अवसरमा पत्रिकालाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । सोही पत्रिकामा कार्यरत अरबिन्द्र गौतमलाई २५ हजार रुपियाँको पत्रकारिता सम्मान गरिएको थियो ।

एक पटक पढ्नुहोस