After header

६ बुँदे मागसहित राप्रपाको जिप्रका काठमाडौ अगाडि धर्ना

काठकामाडौं । ६ बुँदे माग सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएको छ । ६ बुँदे मागसहित मंगलबार राप्रपाका नेता कार्यर्कताले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएका हुन् ।

जिल्ला कार्यसमिति, काठमाडौंको अगुवाइमा राप्रपाका नेता कार्यकर्ताहरू काठमाडौं प्रशासन अगाडि धर्ना बसेका हुन् । धर्नाका क्रममा राप्रपाका कार्यकर्ताहरूले ड्यूटीमा खटिएका प्रहरीलाई फूल दिएका थिए ।

एक पटक पढ्नुहोस