काभ्रे । काभ्रे जिल्लाको शान्तिसुरक्षामा, तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै सम्झौता नहुने बताएका छन् । कुनै प्रकारका तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा सझौता हुन नदिने काभ्रेका नवनियुक्त प्रहरी प्रमुख एसपी कोमल शाहले बताएका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रे प्रहरी प्रमुख (एसपी) जिल्लाको कमाण्ड सम्हालेसँगै जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कसैसँग कुनै सम्झौता नगर्ने समेत उनले बताएका छन् ।
जिल्ला प्रहरी प्रमुख भएर हालै आएका एसपी शाहले जिल्लामा व्याप्त तस्करी र गुडागर्दी एवं आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति र फरार अभियुक्तलाई प्रहरीको कब्जामा ल्याएरै छाड्ने बताए । चोरी तस्करी लगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न शून्य सहनशीलतामा बसेर आफू काम गर्ने उनको भनाई थियो ।‘जिल्लामा हुने गुडागर्दी, तस्करी र आर्थिक लेनदेनमा कुनै पनि सझौता हुन दिन्न, आफ्नो संगठन प्रमुखको निर्देशनलाई जहिल्यै आत्मसाथ राख्ने छु,’उनले भने ।
जिल्लामा पदबहालीपछि सञ्चारकर्मीसितको भेटमा उनले भने, ‘नेपाल प्रहरीभित्र कुनै पनि छवि बिगार्ने कोही भेटियो भने त्यस्तालाई तत्काल कारबाही गर्ने छु ।’आफू कुनै नयाँ नारा नदिई नेपाल प्रहरीले निर्धारण गरेको ‘सत्य सेवा सुरक्षणम’ लाई मूल नारा मानी त्यसैभित्र रहेर आमनागरिकलाई भयमुक्त वातावरणमा सेवा दिन अहोरात्र खटेर शान्ति सुरक्षाको प्रत्याभूत गराउने एसपी शाहले बताए ।
एसपी शाहले काभ्रे जिल्लालाई स्वच्छ, पारदर्शी एवं भयरहित बनाउने उद्देश्यका साथ समाजमा हुने र हुँदै गरेका लागूऔषध दुव्र्यसनी, चोरी, गुण्डागर्दी, जुवातास, घरेलु तथा यौनजन्य हिंसा, तस्करी जस्ता अपराधी गतिविधिलाइ नियन्त्रण लिन त उनले विशेष अप्रेसन नै सञ्चालनमा ल्याउने बताए ।
बजार क्षेत्र तथा व्यबसायीक प्रतिष्ठानहरूमा नियमित सिसिटिभीको निगरानी, ड्रिंन्क एन्ड ड्राइभ नियन्त्रण गर्न मापसे चेकिङ्ग जस्ता कार्यहरू प्राथमिकताका साथ अघि बढाउने समेत बताए । अपराधमुक्त एवं भयमुक्त वातावरण बनाउनमा पत्रकार, नागरिक समाज र सर्वसाधारण जनताको उत्तिकै सहयोग प्रहरी संगठनलाई चाहिने उनको भनाइ थियो ।
जिल्ला प्रहरी प्रमुखले पत्रकारहरुको छलफल कार्यक्रममा जिल्ला प्रहरी कार्यालयबाट प्रदान हुने हरेक सेवा तथा सूचनाहरु सही समयमा सबैलाई उपलब्ध गराउने प्रतिबद्धता समेत गरे । जनताको साथ र सहयोग नभई प्रहरी अगाडि बढ्न नकिने जिकिर गर्दै आम काभ्रे बासीले प्रहरीलाई समयमा नै सूचना दिई जिल्लाको बारेमा प्रहरीलाई सहयोग गर्न समेत उनले आग्रह गरे ।