After header

काठमाडौंको मखन टोलको एकघरमा आगलागी

काठमाडौँ । काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा आगलागी भएको छ । मखन टोलको महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।

आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

एक पटक पढ्नुहोस