After header

धरानका मयेर हर्कले मागे प्रमुख प्रशासकीय अधिकृतलाई लिखित स्पष्टीकरण

धरान । धरानका मयेर हर्कले प्रमुख प्रशासकीयलाई लिखित स्पष्टीकरण मागेका छन् । धरान उपमहानगरपालिकामा योजनाको भुक्तानीलाई लिएर मेयर र प्रमुख प्रशासकीय अधिकृतबिच मतभेद देखिएको पछि मेयर राईले उनलाई लिखित स्पष्टीकरण मागेका हुन् । मेयर हर्कराज राई (साम्पाङ) ले एक योजनाको भुक्तानी रोकिएको विषयमा गम्भीर चासो व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण मागेका छन् ।

मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतको नाममा पत्र लेख्दै करिब दुई महिनाअघि सम्पन्न भएको योजनाको भुक्तानी हालसम्म रोकिनुको कारण माग गरेका हुन् । पत्रअनुसार, धरान–१६ स्थित बहुभाषिक पाठशालालाई बाढीबाट जोगाउन लगाइएको तारजाली (मालमिटर) को भुक्तानीमा ढिलाइ भएकोमा साम्पाङले प्रश्न उठाएका हुन् ।

मेयर साम्पाङले पत्रमा आफूले सम्झौता गरी सबै प्रक्रिया पूरा भइसकेको र सार्वजनिक परीक्षणसमेत भइसकेको अवस्थामा भुक्तानी रोकिएकोमा आपत्ति जनाउका हुन् ।

एक पटक पढ्नुहोस