After header

पुण्यमाता खोलाको पुल भाँचिएपछि यातायात अवरुद्ध

काभ्रे । काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि यतिबेला यातायात अवरुद्ध भएको छ । अरनिको राजमार्गको धुलिखेल–सुर्यविनायक सडकको वैकल्पिक मार्ग बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलाको पुल भाँचिएपछि उक्त मार्गभई आउने जाने सवारी साधान बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

रातिको समयमा नाला पुलबजार छेउको पुल भाँचिएपछि यात्रुहरू र स्थानीयवासीहरूलाई आवतजावतमा कठिनाइ भएको छ भने यातायातका साधनहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख सुनील ध्वाजुले जानकारी दिए ।

उक्त सडकमा पूर्णरुपमा आवागमन बन्द भएको समेत उनले जानकारी दिए । धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकोले अवरुद्ध छ । त्यसकै विकल्पमा रहेको यो सडकको पनि पुल भाँचिएपछि अरनिको राजमार्ग नै अवरूद्ध भएको हो ।

एक पटक पढ्नुहोस