काभ्रे । वडाको लेटर प्याड तथा वडा अध्यक्षको सही किर्ते गरी नक्कली कागजात बनाउने दुई जना पक्राउ गरि आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले उक्त गिरोहलाई काडमाडौबाट पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय धुलिखेल पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेल नगरपालिका वडा नम्बर १२ को वडा कार्यालयको लेटर प्याड छाप तथा वडा अध्यक्षको सही समेत किर्ते गरी नक्कली कागजातहरु बनाउने उनीहरुलाई सार्वजनिक गरेको हो ।
प्रहरीले जिल्ला गोरखा सहित लखन गाउँपालिका वडा नं १ स्थायी घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ नयाँ बानेश्वर बस्ने वर्ष ४१ को किरण अर्याल र काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर १२ बस्ने ३८ वर्षीय जितेन्द्र तामाङलाई पक्राउ गरेको उल्लेख गरेको छ ।
वडा अध्यक्षको हस्ताक्षर नै नक्कली भएको भनी सूचनाको आधारमा प्रहरी टोलीले आवश्यक अनुसन्धान गर्दै जाँदा विभिन्न सघंसंस्थाका २६ स्थान छाप, विभिन्न दरको नेपाली नगद रु ६८ हजार विभिन्न मुलुकको नोट १४ थान नागरिकता दुई थान पासपोर्ट तथा विभिन्न संघसंस्थाको कागजत र पेनड्राइभ ११ थान सिपीयु लगायतका सामग्रीहरु प्रहरीले बरामद गरेको हो ।
बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले नयाँ बानेश्वर शखमूलमा रहेको गजबको फोटोकपी एण्ड स्टेसनरी सेन्टर सञ्चालन गरी बस्ने ४१ वर्षको किरण नगरपालिका वडा नम्बर १२ बस्ने वर्ष ३८ को जितेन्द्र तामाङलाई पक्राउ गरी विगत सम्बन्धी कसुरमा र सरकारी छाप दस्तखत किर्तेमा सम्मानित अदालतबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान गरिरहेको उल्लेख गरेको छ ।
प्रहरीले धुलिखेल नगरपालिका वडा नम्बर १२ को कार्यालय छाप धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षको नाम र छाप मोहनप्रसाद लामिछाने ताराखोला गाउँपालिका ३ बाग्लुङको छाप हेडौँडा हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ को छाप रत्ननगर १ चितवनको कार्यालयको छाप होटल मोडिया बौद्धको छाप मेयर पीको छाप, नेपाल विद्यार्थी सघंको छाप जनमैत्री बहुमुखी क्याम्पसको छाप नवीन सिग्देल वा चेयरप्सनको छाप सीताराम तामाङ वार्डचियर पश्चिमको छाप कमल सापकोटा स्थानीय पञ्जाधिकारीको छाप र ग्रीन सिटी हस्पिटलको छाप बरामद गरेको जिल्ला प्रहरी कार्याल काभ्रेको सुचना अधिकृत मिन बहादुर घलेले जाकनारी दिए ।
उनका अनुसार किर्ते कागजातको सञ्जाल र थप संलग्नको खोजी भइरहेको जनाएको छ । यस घटनाबाट सम्भावित व्यापक कागज किर्ते सञ्जालको आशंका पनि गरिएको छ । प्रहरीले बरामद छाप र कागजातहरुको प्रयोग कहाँ–कहाँ गरिएको थियो भन्नेबारे विस्तृत अनुसन्धान गरिरहेको उनको भनाई थियो । धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेले आफ्नो छाप र दस्तखत र छाप किर्ते गरेको पाइएपछि प्रहरीलाई जानकारी दिएको बताए ।
