काभ्रे । काभ्रेको पनौती नगरपालिकाद्धारा ईलाका प्रहरी कार्यालय बनेपालाई विपद् व्यवस्थापनमा सघाउनका लागि प्रहरीलाई आज बुधबार विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ । नगरप्रमुख भण्डारीका अनुसार इलाका प्रहरी कार्यालय बनेपालाई उक्त बिपद् प्रतिकार्य सामाग्री हस्तान्तरण गरेको बताए ।
प्रहरीले पहिलो पङ्क्तिमा रहेर विपद्का बेलामा खटिने गरेको छ”, नगरप्रमुख भण्डारीले भने । प्रदान गरिएका सामग्रीले उद्धारका बेला सघाउ पु¥याउँछ, विपद् आइपर्दा प्रहरीले तत्काल उद्धार सामग्री प्रयोग गरेर पीडितलाई छिटो सहयोग पु¥याउन सक्छन्, समयमै सामग्रीसहित उद्धार हुँदा मानवीय क्षतिसँगै पशुपक्षी र सम्पत्तिलाई जोगाउन सकिन्छ भन्ने उदेश्यका साथ आज नगरपालिकाले उक्त सामाग्री इलाका प्रहरी कार्यालय बनेपालाई हस्तान्तरण गरेको उनले बताए ।
विपद् प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, गमबुट, कोदालो, करौती, त्रिपाल, डोरी लगायतका सामग्रीहरु हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।