After header

शनिबार बिहानसम्म निषेधाज्ञा र कफ्र्यू जारी रौतहटमा

काठमाडौ । शनिबार बिहानसम्म निषेधाज्ञा र कफ्र्यू जारी रहेको भन्दै रौतहट जिल्ला प्रशासनले जनाएको छ । शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए ।

उनका अनुसार साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी गरिएको छ । अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ बजेदेखि ७ बजेसम्मको समय तोकिएको छ।निषेधाज्ञा वा कफ्र्यूको समयमा भेला, जुलुस, सभा, बैठक, प्रर्दशन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न र पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।

एक पटक पढ्नुहोस