काठमाडौं । जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको जानकारी दिए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ ।
तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको उनले जानकारी दिए ।
