After header

नमोबुद्ध छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधि जनक माविलाई

काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको यस वर्षको नमोबुद्ध नगरस्तरीय छैटौं ं अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जनक माविले जितेको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, शिक्षा सँगै खेलकुद तथा खेलकुद सँगै शिक्षा, भन्ने मुल नाराका साथ भएको उक्त प्रतियोगिताको उपाधि जनक मावि स्कुलले हात पारेको छ । नमोबुद्ध नगरपालिकाको आयोजना तथा श्री जनक माध्यमिक विद्यालयको समन्वयमा नगर स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा १४ वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरु उत्साहजन रुपमा सहभागी भएका थिए । ३ दिनसम्म भएको खेलमा श्री जनक मा. वि.ले १२ स्वर्ण, ४ रजत, ८ कास्य गरी कुल २४ पदकसहित प्रथम स्थान हासिल गरेको थियो । त्यसैगरी श्री राम मा.वि. ७ स्वर्ण, ४ रजत, १ कास्य गरी कुल १२ पदक सहित द्वितीय स्थान हासिल गर्न सफल भयो भने श्री लक्ष्मी नारायण मा.वि. ४ स्वर्ण, ३ रजत, ३ कास्य गरी कुल १० पदकसहित तृतीय स्थान हासिल गर्न सफल भएको थियो । सहभागी भएका १४ वटा विद्यालयहरुले कुनै न कुनै खेलमा पदक हासिल गरेका छन् ।

प्रातियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामाले पुरस्कार वितरण गरेका थिए । नगर प्रमुख लामा खेल खेल्नका मात्रै नभई स्वस्थ, अनुशासित, जिम्मेवारी र राष्ट्रका लागी भएको बताए । प्रतियोगिता समापनको सभापतित्व वडा नं. ४ का वडा अध्यक्ष अर्जुन कार्की गरेका थिए ।

कार्कीले खेल विद्यार्थीहरुको लागी अति महत्वपूर्ण विषय रहेको बताए । खेलले अनुशासित मात्र नभई स्वस्थ समेत बनाउने हुदाँ अनिवार्य रहेको बताए । कार्यक्रममा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शिक्षक, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

एक पटक पढ्नुहोस