काभ्रे । प्रहरी हिरासतमा चोरीको अभियोगमा पक्राउ परेका एक युवकले गरे आत्महत्या गरेका छन् । काभ्रेपलाञ्चोकको मंगलटारस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक युवकले आत्महत्या गरेका छन् । चोरीको अभियोगमा आइतबार मात्रै पक्राउ परी हिरासतमा रहेका रोशी गाउँपालिका– १२ का २१ बर्षिय युवक दुधराज तामाङले हिरासतको शौचालयमा आज विहान झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले ती युवा गएराती शौचालयमा झुण्डिरहेको अवस्थामा फेलापरेको जानकारी दिए । उनका अनुसार आइतबार पाँचखालमा चोरी गरेको अभियोगमा पक्राउ गरिएको थियो । आज बिहान हिरासतमा उनलाई नदेखेपछी प्रहरीले शौचालयभित्र हेर्दा उनी झुण्डिएको अवस्थामा फेलापरेको विष्टको भनाई छ ।
तामाङ जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दायर भएको विभिन्न अभियोगका प्रतिवादी पनि रहेको जनाइएको छ । प्रहरीका अनुसार केही समयअघि उनी तेमाल गाउँपालिकाबाट बच्चासहितको महिला भगाएको आरोपमासमेत पक्राउ परेका थिए ।
यस्तै भने रोशी गाउँपालिकाको माम्तीमा पनि त्यस्तै अभियोगमा फरार रहेको जनाइएको छ ।
विभिन्न स्थानमा चोरी गरेको सूचनाका आधारमा उनलाई खोजी गरिरहेको प्रहरीले जनायो । तामाङलाई चोरीका सामान सहित आईतबार साँझ पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा राखेको थियो । बरामद भएका सामान र थप अनुसन्धानका लागि हिरासतमा राखिएको अवस्थामा तामाङले राती शौचालयमा आफैँले ओढेको कम्बलको छेउको धागो प्रयोग गरी आत्महत्या गरेको विष्टले जानकारी दिए ।
