After header

अशोक पुगे बेथानचोकका स्थानियहरुको घर आँगनमा

काभ्रे । नेकपा एमालेका क्षेत्र नं. २ का प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार अशोक ब्याञ्जु आफ्नो निर्वाचन क्षेत्र बेथानचोक गाउँपालिकाबाट घरदैलो अभियान सुरु गरेका छन् । जिल्लाको विकास प्रेमी नेता सानै उमेर देखि राजनितिमा लागेर नेकपा एमालेको विभिन्न पदमा रहेका काम गरेका र धुलिखेल नगरापलिकामा दुईकार्यकाल मेयर भई धुलिखेल लगायत जिल्लाको हकमा विकास प्रेमी नेता अशोक ब्यञ्जु पहिलो पटक प्रतिनिधि सभाको निर्वाचन उठेका उनी बेथानचोक गाउँपालिकादेखि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

बेथानचोक गाउँपालिका वडा नंं ४ चलालमा स्थानीयसँग अन्तरक्रिया गर्दै अभियानको शुभारम्भ गरिएको हो । चलालमा एमाले उम्मेदवार अशोक ब्याञ्जुलाई स्थानीयले भव्य स्वागत गरेका छन् । स्थानीयले बाढीपहिरोपछि क्षतविक्षत बनेको यो क्षेत्रको विकासमा पहल गर्न आग्रह गरेका छन् । हामीले खोजेको र रोजेको नेता तपाई भएकाले अबको बेथानचोकको विकास तपाईको हातमा रहेको भन्दै ब्याञ्जुलाई जितको शुभकामना स्थानियले दिएका थिए ।

कार्यक्रममा उम्मेदवार ब्याञ्जुले हिजो पनि विकास गरेको छु, आज पनि लागिरहने र यसका लागि तपाईहरुको साथसहयोग आवश्यक रहेको बताउदै आफूले सक्दा सधै बेथानचोकको हितका लागि काम गर्ने बताए । बेथानचोक गाउँपालिकाका ५ वटा वडामा आज र भोलि घरदैलो अभियान सञ्चालन हुने एमाले काभ्रेका सचिव राजकुमार सापकोटाले जानकारी दिए ।

एक पटक पढ्नुहोस