After header

आज (मंगलबार) बिहान १२ बजेदेखि मौन अवधि सुरु

काठमाडौँ । आज (मंगलबार) बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै आज (मंगलबार) बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि स्थिर समय (मौन अवधि) लागू गरेको हो ।

मौन अवधि सुरु भएसँगै अब कुनै पनि राजनीतिक दल, उम्मेदवार वा उनीहरूका प्रतिनिधिले मतदातासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्न पाउने छैनन् । यस अवधिमा चुनावी सभा, जुलुस, घरदैलो, सामाजिक सञ्जालका माध्यमहरूमार्फत गरिने डिजिटल प्रचारप्रसारमा समेत पूर्ण प्रतिबन्ध लगाइएको छ ।

निर्वाचन आचारसंहिता अनुसार मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका ब्यानर, झण्डा र पोस्टरहरू समेत हटाउनुपर्ने कानुनी व्यवस्था छ । फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि आयोगले सम्पूर्ण प्राविधिक र सुरक्षा तयारी पूरा गरिसकेको जनाएको छ ।

एक पटक पढ्नुहोस