After header

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजे बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने जनाईएको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको उनले जानकारी दिए ।‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत्र १० गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ उनले निकालेको सूचनामा उल्लेख छ । कांग्रेस नेताहरूका अनुसार १५ औं महाधिवेशन मितिलगायत विषयमा छलफल केन्द्रित रहनेछ । आइतबारको केन्द्रीय समिति बैठकले अब नियमित १५ औं महाधिवेशनका लागि केन्द्रित हुने निष्कर्ष निकालेको थियो ।

फागुन २१ को चुनावको समीक्षा र चुनावी हारको पराजयलाई लिएर सभापतिबाट गगन थापाले दिएको राजीनामा बारे उक्त केन्द्रीय समितिमा छलफल भई थापाको राजीनामा अस्वीकृत भएको थियो । थापाको राजीनामा अस्वीकृत भएपछि पुनः केन्द्रीय समिति बैठक बोलाइएको हो।

एक पटक पढ्नुहोस