After header

देउवा समूहको अन्तिम भेला आज लुम्बिनीमा

रूपन्देही । निवर्तमान नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा पक्षको भेला आज हुने भएको छ । लुम्बिनीमा नेपाली कांग्रेस इतर समूहका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको अन्तिम प्रदेश भेला आज मंगलबार हुँदैछ ।विशेष महाधिवेशनभन्दा बाहिर रहेका यो समूहले यसअघि तयारी नपुगेर रोकेको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा गर्दैछ ।

पार्टीमा बृहत् एकता कायम गर्ने, विशेष महाविधेशनका कारण छोडिएका, निराश भएका नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा ल्याउने र समसामयिक राजनीतिको समीक्षा गर्ने ३ उद्देश्यसहित देउवा समूहले ७ प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो ।यसअघि ६ प्रदेशमा भेला गरिसकेको समूहले आज अन्तिम प्रदेश भेला गर्न लागेको हो ।

यो समूहका प्रदेश कार्यक्रम संयोजक नेता गेहेन्द्र गिरीले सातै प्रदेशमा तय गरेका भेलाको अन्तिम भेला लमहीमा गर्न लागिएको जानकारी दिए ।भेलामा लुम्बिनी प्रदेशका विशेष महाधिवेशनको पक्षमा नदेखिएका नेता कार्यकर्ता सहभागी हुने उनले बताए । देउवा अहिले विदेशमा रहेकाले समूहको नेतृत्व नेता पूर्णबहादुर खड्काले गर्दै आएका छन् । भेलामा नेता गुरू बराल, निवर्तमान सहमहामन्त्री किशोरसिंह राठोरलगायतका नेताले सम्बोधन गर्ने नेता गिरीले बताए ।

एक पटक पढ्नुहोस