After header

रास्वपामा निर्वाचित पदाधिकारी र केन्द्रिय सदस्यको शपथ ११ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ । चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबार राखिएको महामन्त्री विपिन आचार्यले जानकारी दिए ।

उनका अनुसार बिहान ११ बजे पार्टी कार्यालय घण्टीघरमा शपथ कार्यक्रम राखिएको छ । शपथपछि केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको तयारी छ । केन्द्रीय समिति बैठकमा मनोनीत पदाधिकारी र सदस्यहरूबारे छलफल हुने जनाईएको छ ।
गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो । सभापति लामिछानेले भने भरतपुरमै शपथ लिएका थिए ।

एक पटक पढ्नुहोस