After header

हात्तीको आक्रमणमा परी आमा छोराको मृत्यु

चितवन । हात्तीको आक्रमणमा परी आमा छोराको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनको चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।

एक पटक पढ्नुहोस