धनगढी । जबरजस्ती करणीको आरोपमा अछाममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटके रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ का २७ वर्षीय जय प्रकाश स्वर्णकार रहेका छन्।उनी कालीकोटकी १७ वर्षीया किशोरी माथि जबरजस्ती करणी गरेको आरोपमा मंगलवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रहरीका अनुसार घटना भएको केहि घण्टामै युवकलाई पक्राउ गरिएको जनाएको छ ।कालीकोटकी ती किशोरी अछाममा घुम्नका लागि आएकी थिइन्। प्रहरी घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
