प्रियंका चोपडाको बिहेको फोटो खिच्न २५ करोड

बलिउडकी अभिनेत्री प्रियंका चोपडा र हलिउड स्टार निक जोनस आउँदो १ डिसेम्बरमा पति-पत्नी बन्दैछन् । उनीहरुको बिहेले अन्तर्राष्ट्रिय मिडियाहरुको ध्यान तानेको छ ।प्रियंका बलिउडमा मात्र नभएर हलिउडमा पनि सक्रिय नायिका हुन् भने निक पनि नाम चलेका गायक हुन् । त्यसैले उनीहरुको बिहेलाई कभर गर्न मिडियाहरुबीच प्रतिस्पर्धा हुने नै भयो । तर, बाहिरिएको पछिल्लो खबर अनुसार एउटा प्रख्यात म्यागजिनले बिहेको फोटो खिच्ने एकाधिकार लिएको छ ।

प्रियंका र निकसँग यसका लागि २५ लाख डलर -करिब २५ करोड रुपैयाँ) को सम्झौता उक्त म्यागजिनले गरिसकेको बताइएको छ । म्यागजिनको नाम भने सार्वजनिक गरिएको छैन । अब प्रियंका र निकको फोटो खिचेर उक्त म्यागजिनले अन्य मिडियालाई बेच्ने छ ।

प्रियंका र निकको बिहे भारतको जोधपुरमा हुनेछ । दुवै जना फरक धर्म मान्ने भएकाले बिहे पनि दुई पटक हुने बताइएको छ । सुरुमा प्रियंकाले मान्ने हिन्दू धर्मअनुसार बिहे हुनेछ भने त्यसपछि निकले मान्ने क्रिस्चियन धर्मअनुसार । दुवै जना एक-अर्काको धर्मलाई सम्मान गर्न राजी भएका छन् ।

एक पटक पढ्नुहोस