अज्ञात समूहको गोलीले सिराहमा एक प्रहरी जवान र अर्का म्यादी प्रहरी घाइते

सिराहा, १० मंसिर । सिरहामा अज्ञात समूहले चलाएको गोली लागेर एक प्रहरी जनानसहित दुई जना सुरक्षाकर्मी घाइते भएका छन् ।

सिराहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् । उनीहरु जीतना प्रहरी चौकीमा कार्यरत रहेका थिए ।

आलसम्म कसले र किन गोली चलाएको हो भन्ने खुलेको छैन । मागेरामको पेटमा र आदर्शको कोखमा गोली लागेको छ । मोटरसाइकलमा आएका दुई जनाले सवारी चेकजाँच गरिरहेका बेला उनीहरुमाथि गोली चलाएका थिए ।

घाइते भएका दुवै जनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । सिरहामा यसअघि पनि भूमिगत जयकृष्ण गोइतको समूहले बम विस्फोट गराएको थियो ।

एक पटक पढ्नुहोस