तारा एयरको विमान हुम्लाको सिसीकोटमा दुर्घटना

काठमाडौं, १२ मंसिर । तारा एयरको विमान हुम्ला जिल्लाको सिमीकोटस्थित विमानस्थलको धावनमार्गमा दुर्घटना भएको छ ।

सुर्खेतका लागि उडान भर्ने क्रममा मंगलबार बिहान अगाडिको टायर पञ्चर भएपछि विमानस्थलमा नै विमान दुर्घटना भएको बताइएको छ । सो दुर्घटनामा विमानका पाइलटसहित ५ जना घाइते भएको बताइएपनि थप विवरण आउन सकेको छैन ।

घाइते भएकामध्ये तीन जना दुई दिन अघि भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सकेर फर्किदै गरेका प्रहरी र दुई जना विमानकै कर्मचारी रहका छन् ।

घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरुको हुम्लाको सिमीकोटमा उपचार भइरहेको बताइएको छ । दुर्घटनाबाट विमानको अगाडिको भागमा क्षति पुगेको छ ।

एक पटक पढ्नुहोस