After header

नर्सिङ पेशामा सौन्दर्य प्रतियोगिता गर्न लागिएको भन्दै नर्सहरुद्वारा विरोध

काठमाडौं–  नर्सहरुबीच हुने सौन्दर्य प्रतियोगिता ‘मिस नर्स चितवन’ कार्यक्रमप्रति नर्सहरुले विरोध जनाएका छन्।  नर्सिङ जस्तो सेवामूलक पेशामा रहेकाको सौन्दर्य मापन गर्न खोजिएको भन्दै नर्सहरुले विरोध जनाएका हुन्।

नर्सहरुको छाता संगठन नेपाल नर्सिङ एशोसियसनकी उपाध्यक्ष अप्सरा पाण्डेले  यो प्रतियोगिता गर्न नहुने बताइन् । नर्सिङ पेशाको अपमान रहेको बताउँदै यो रोक्न नर्सिङ संघ लागिपर्ने बताइन् । उनले भनिन्, ‘ग्ल्यामर प्रदर्शन, क्याटवाक, मोडलिङ नर्सिङ पेशाको मर्म विरुद्ध छन् । नर्सको गुणस्तर यस्ता कुराले मापन गर्न मिल्दैन।’

प्रतियोगितामा जानी–नजानी सहभागि नर्सहरुलाई यो नर्सहरुको आचारसंहिता विपरित रहेको पाण्डेले अवगत गराएकी छिन् ।  सम्बन्धित क्षेत्रका नर्सलाई यसका विरुद्ध आवाज उठाउन उनले सामाजिक सञ्जाल मार्फत् आव्हान गरेकी छिन्।

काठमाडौंमा आयोजना हुने गरेको मिस नर्स अघिल्लो वर्षबाट बन्द भएको छ । नर्सिङ एशोसियसनले यसको चर्काे विरोध गरेपछि आयोजक संस्थाले मिस नर्स रोकेको थियो ।

-स्वास्थ्य खबर बाट

एक पटक पढ्नुहोस