वाइन पिउँदाको फाइदा जुन तपाईलाई थाहा नहुन सक्छ

वाइन भन्ने वित्तिकै मानिसहरुले यसलाई खराब चिजको रुपमा लिने गर्छन् । यदी मानिसहरुलाई वाइनले पुर्यउने विभिन्न फाइदाको बारेमा थाहा हुने हो भने मानिसको दिमागबाट यो भ्रम हटेर जानेछ । अहिलेको आधुनिक समयमा वाइन खाने मानिसहरुको संख्या धेरै छ। कुनै पार्टी हुँदा वा साथीहरु भेट्दा वाइन खाने गरिन्छ । मनोरञ्जनको लागि होस् वा यसका फाइदाको लागि होस् मानिसहरुमा यसको बानि पर्दै गएको पाइन्छ । हामीले वाइनलाई सही मात्रामा खाने गरेमा यसले हाम्रो शरीरलाई विभिन्न फाइदा पुर्याउने काम गर्छ ।

वाइन खानुका फाइदाः–

१. आयू लामो बनाउँछः विभिन्न अध्ययनले वाइन सही मात्रामा हरेक दिन पिउने व्यक्तिहरु धेरै बाच्ने गरेको देखाउँछ । यसमा पाइने रेज्भेराट्रोल तत्वले हाम्रो शरीरलाई छिट्टै बुढो हुनबाट बचाउँछ ।

२. स्मार्ट बनाउँछः रेज्भेराट्रोलले हाम्रो दिमागलाई छिट्टो सञ्चालन गर्न मद्दत गर्छ जसले गर्दा हाम्रो बोलीमा परिवर्तन आउने गर्छ । यसले गर्दा मानिसहरु कुनै पनि कुरा छिट्टै सिक्ने र बुज्ने हुन्छन् ।

३. जिम गर्नुभन्दा बढी फाइदाः क्यानाडाको अल्बर्ट यूनिधरसिटिले गरेको अध्ययन अनुसार जिम गर्दा हाम्रो दिमाग, मुटु र हाडजोर्निलाई हुने फाइदाभन्दा बढी फाइदा वाइनको सेवनले हुने गर्दछ ।

४. तनावबाट मुक्तः हप्ताको दुईदेखी सात गिलास वाइन पिउने व्यक्तिलाई तनाव कम हुने गर्दछ । जस्तोसुकै समस्या भएता पनि वाइन खाना दिमाग ताजा हुने गर्दछ जसले मानिसलाई डिप्रेसन हुने सम्भावना कम हुन्छ ।

५. कलेजोलाई हानि कमः जाडरक्सि खाँदा कलेजो खराब हुने कुरा बुजिन्छ । वाइनले वियर, रक्सि जस्तै हाम्रो शरीरको कलेजोलाई बढी असर गर्दैन । त्यसैले यसको सेवन हानिकारक छैन ।

६. आँखालाई फाइदाः यसमा पाइने रेज्भेराट्रोलले आँखा वरिपरिको नशाहरुमा रगत सञ्चालन हुन मद्दत गर्छ । यसले मधुमेहको कारण आँखा दुख्ने गरेको छ भने त्यसलाई कम गर्ने काम गर्छ । बुढो हुँदै जाँदा आँखाका कोषहरुलाई नष्ट हुनबाट बचाउँछ ।

७. दाँतलाई फाइदाः वाइनले दाँतमा ब्याक्टेरियाहरुको संक्रमण हुन दिँदैन । यसले दाँतलाई सेतो र चम्किलो बनाउन मद्दत गर्छ ।

८. विभिन्न क्यान्सरबाट बचाउँछः वाइनले स्तन क्यान्सर, प्रोस्ट्रेट क्यान्सर हुनबाट बचाउँछ । यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइने गर्छ जसले हाम्रो शरीरमा रायडिकल जम्मा हुन दिँदैन र क्यान्सर हुने सम्भावना कम हुन्छ ।

९. कोलेस्ट्रोल सन्तुलनः हरेक दिन वाइनको सही मात्राले शरीरको कोलेस्ट्रोललाई सन्तुलन राख्छ । यसले हाम्रो शरीरलाई फाइदा पुर्याउने कोलेस्ट्रोललाई बढाउने काम गर्छ ।

एक पटक पढ्नुहोस