सन् २०२० को इदमा रिलिज हुने भनिएको चलचित्र ‘इन्साअल्ला’ निर्माण नहुने भएपछि नायक सलमान खानका फ्यानहरु चिन्तित देखिए । सलमानको आउँदो बर्षको इदमा कुनै पनि चलचित्र रिलिज नहुने संभावना बढेर गएको थियो ।
तर, नायक सलमान खानले केही दिन अगाडि आयोजित एक अवार्ड कार्यक्रममा इदमा आफ्नो चलचित्र रिलिज हुने बताएका थिए । भारतीय मिडियाका अनुसार, सलमान चलचित्र ‘दबंग ३’ पछि नयाँ चलचित्रमा काम गर्दैछन्, जसको नाम ‘राधे’ राखिएको छ । यो चलचित्रलाई निर्देशक प्रभुदेवाले निर्देशन गर्दैछन् ।
आउँदो बर्षको इदमा नायक सलमान खान र अक्षय कुमारविच भिडन्त हुने पक्का भएको छ ।