बिगमार्टलाइ ३ लाख जरिवाना:मासको दालमा बढी मूल्य लिएका कारण

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौंडामा रहेको बिगमार्टलाई ३ लाख रूपैयाँ जरिवाना गरेको छ। मासको दालमा बढी मूल्य लिएको कसुरमा ३ लाख जरिवाना गरिएको हो।

बिगमार्टमा दुई प्रकारको मूल्यको मासको दाल राखिएको छ। एउटा दालको मूल्य प्रतिकेजी १ सय ३५ र अर्कोे दालको मूल्य २ सय ७१ तोकिएको छ।

ती दुवै प्रकारका दाल हेर्दा उस्तै छन्। अग्र्यानिक भएकोले बढी मूल्य राखिएको भनेपछि विना मापदण्ड अग्र्यानिक भनेर बढी मूल्य लिएको कुसरमा कारबाही गरिएको विभागले जनाएको छ।

उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८ (ङ) को कसुरमा ३१ (१) (ख) बमोजम ३ लाख रूपैयाँ जरिवाना गरिएको हो।

एक पटक पढ्नुहोस