कोरोनाविरुद्ध पनि प्रभावकारी हुन सक्छ आयुर्वेद

विश्व महामारीका रूपमा फैलिएको कोरोनाको प्रकोप हामी नेपालीहरूको संयमताका कारण आजको दिनसम्म भयावह बन्न पाएको छैन । हालसम्म १२० जना सङ्क्रमित भए पनि दुःखद निधन नहुनुले पनि नेपाली जनमानसको प्रतिरोधात्मक क्षमता प्राकृतिक रूपमा नै सबल छ भन्ने बुझिन्छ । हामीले अझै दुई तीन महिनासम्म संयमित रहन सकिएको अवस्थामा कोरोनाले हामीलाई धेरै क्षति पु¥याउन सक्ने छैन ।

नेपाल परम्परागत रूपबाटै आत्मबल र स्वास्थ्य रक्षाको पहिचान बनाएको देश हो । आयुर्वेदिक तथा परम्परागत चिकित्सापद्दतिमा धनी मुलुक हो नेपाल ।  अब हाम्रोसामु परम्परागत रूपबाट प्राप्त यो सम्पत्तिलाई विश्वसामु प्रस्तुत गर्ने बेला आएको छ ।

कोरोनाको स्थिति नियन्त्रणमा आउन अझै थुप्रै समय लाग्न सक्छ । त्यस समयसम्म खाद्य सङ्कटको अर्को महामारी आउन सक्छ । खाद्य संकटले कुपोषण ल्याउने निश्चित  । त्यस्तो खाले समस्यासँग सामना गर्न आजभन्दा २५०० वर्षपूर्व आत्रेय राज अत्रीले जुम्ला जस्तो दुर्गम स्थानमा नागरिकलाई कुपोषण मुक्त राख्न खुवाउने गरेको खाद्यौषधि उपयोगी हुन सक्छ । उक्त पोषणयुक्त खाद्यऔषधीलाई उनले आफ्नो संहितामा निम्न श्लोकमा वर्णन गरेका छन् ।

शैलभवाश्वगन्धाश्च शिघु्र शिता शतावरी
त्रिफला मिश्रितौषध्य पीयुष सदृशो भवेत्

शैलभव, अश्वगन्धा, शिघु्र, शिता, कुरिलो र त्रिफला मिश्रण गर्ने मान बमोजिम तयार गरी ५ ग्रामदेखि १० ग्रामसम्म दिनमा २ पटक सेवन गराउँदा पोषण प्राप्त हुने गर्छ । त्यस प्राचीनयुगमा आजभोलि जस्तो खाद्यान्नहरु सर्वसुलभ थिएन, मानिसहरु भएकै खाद्यान्नको पनि राम्रो परिकार बनाएर खान जान्दैन थिए । कन्दमुल, रुखका बोक्रा, पात खाँदा अखाद्य बोटसमेत प्रयोग हुँदा कतिपय मानिस बिरामी हुने कतिको ज्यानै जाने गथ्र्यो । त्यही स्थितिलाई मध्यनजर गरी खाद्यौषधिको रूपमा तयार गरिएको खाद्य पोषण हो– माथि उल्लिखित षडामृत रस । शास्त्रका मान्यता अनुसार त्यस रसको सेवनद्वारा प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकोले राजा अत्रीको पालामा त्यसलाई तयार गरी आफ्नो क्षेत्रका सबै नरनारीलाई खुवाउने गरेका रहेछन् । कालान्तरमा जुम्लाका राजगुरु  गोलकोटे राजाको राज गुरु भई गोलकोट हाल बाग्लुङ जिल्लामा पुगेछन् । त्यहाँ पनि उनले त्यसैको मिश्रण त्यहाँका जनतालाई सेवन गराउँदा अन्य रजौटाका प्रजा भन्दा गोलकोटे प्रजा धेरै बलिया र निरोगी भएछन् । त्यसको कारण खोतल्दै जाँदा राज गुरुले खुवाउने प्रसादका कारण हो भन्ने बुझिएछ । त्यो प्रसाद बनाउने विधि नबताएवापत राजागुरुका परिवार नष्ट गर्न आगो समेत लगाएपछि भागेर चन्द्रकोटे राजाको सम्पर्कमा आएका राजगुरुलाई सपरिवार ससम्मान लगिएको कुराको किम्बदन्ती छ ।

आयुर्वेदको मान्यतामा आधारित उक्त षडामृत रसले पोषण दिन्छ । त्यसले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाइदिन्छ । अहिले कोरोनाको महामारीविरुद्ध लड्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै रोग प्रतिरोधी क्षमता हो । यस अर्थमा यो रसको महत्वलाई अनुसन्धानबाट प्रमाणित गरेर विश्वबजारमा पुर्याउन सकिने सम्भावना छ ।

आयुर्वेदमा यस्ता थुप्रै जडिबुटीहरु पाइन्छन् जसमा भाइरस प्रतिरोधी गुणहरु हुन्छन् । ती जडीबुटीहरुको समुचित सेवनले भाइरसको संक्रमणमा निकै फाइदा पुग्न सक्छ ।  त्यस्तै एउटा औषधि अत्रेय राजा अत्रीद्वारा आफ्नो संहितामा लेखिएको श्लोक मेरा पिता पं श्री खिमानन्द पाद्यले मलाई पढाउनुभएको थियो ।

पारद : कज्जलीकृत्वा सप्तपर्णार्क निक्षिपेत् ।

संयोज्य बटिकां कृत्वा शीतघ्न भवति घु्रर्वम् ।।

हामी तत्कालीन विसुखर्क गाउँ पञ्चायतको वडा नं १ वलिवाँ भन्ने स्थानमा रहेको बेला त्यहाँ औषधि बनाउने ढुङ्गा, काठ र माटाका उपकरण प्रशस्त थिए । पिताजीले विद्यालय शिक्षा दिने र कथा प्रवचनमा जाने हुनाले घरेलु प्रविधिबाट औषधि निर्माण कार्य अत्यन्तै कम गर्नु हुन्थ्यो तर पनि गाउँलेलाई रोग लागेमा मानिसहरू चिकित्सालयको रूपमा हाम्रो घरलाई सम्झिन्थे । पिताजीले वाराणसीमा गई त्यहाँका गुरुकुलमा अध्ययन गरी आउनु भएपछि उक्त श्लोकको सूत्रमा सरलीकरण गर्नु भएको रहेछ । पारद कज्जली कृत्वाको स्थानमा स्वर्ण युक्त सिद्धमकरध्वज प्रयोग गरी औषधि बनाउनु हुन्थ्यो ।

मुख्य द्रव्यमा सिद्धमरक ध्वज, अर्क चूर्ण सप्तपर्ण चूर्ण, रहेका छन्, भने सहयोगी घटक तौतिल्य र बब्बुल रहेको छ । ‘तौतिल्य बब्वुलश्चैव’ भन्ने श्लोकको अन्तिम चरण स्मरण पटलमा नरहेकाले यहाँ उल्लेख गर्न सकिएन । यो औषधिले श्वसन तन्त्रिका र पाचन तन्त्रिकाका असाध्य रोग निको पारेको मलाई स्मरण छ । सान्निपातिक रोग जन्माउने कडा कडा समस्या निको पार्न सफल औषधि भाइरसका विरुद्धमा पनि काम लाग्न सक्छ । सरकारले आयुर्वेदका यस्ता औषधीहरुको गुण पहिचान गरेर यसतर्फ अनुसन्धान गरिनु जरुरी छ ।

२०३३ सालको कुरा हो, श्वसन तन्त्रिका र पाचन तन्त्रिकामा सान्निपातिक समस्या आएका एकजना गाउँले काकालाई मेरा पिताजीले आयुर्वेदिक औषधीले नै निको तुल्याउनु भएको थियो । तेज खोकी ज्वरो र सङ्ग्रहिणी भएको ती काकालाई निको पार्ने प्रण गरी पिताजीले औषधी बनाउनका लागि धेरै पुरानो काठको दराजबाट ५ वटा काठका ठेकी निकाल्नु भएको मलाई अझै सम्झना छ । ती सबैको बाहिरी भागमा स्वर्ययुक्त सिद्धमथकरध्वज, अर्क चूर्णम, सप्तपर्ण चूर्णम्, तौतिल्यय आदि लेखिएका थिए । ती सबैबाट छुट्टाछुट्टै तौल गर्न एकातर्फ गाँठो भएको एक छाले तराजुबाट मात्रा अनुसार ती औषधि काठकै आरीमा मिश्रण गरी ४, ४ रत्तिका वटी सात दिनको खुराक तयार गरी दुई दुई गोली साँझ बिहान खुवाइएको थियो । साथै खुवाउनका लागि केही जडीबुटीको झार पनि दिनुभएको थियो । त्यसको प्रयोगले ती गाउँले काका पूर्णतः स्वस्थ्य भएर हाम्रो घरमा आउनुभएको मलाई सम्झना छ ।

जडीबुटीमा पनि रोगहरु निदान गर्ने ठूलो क्षमता हुन्छ । यहाँ भाइरसको संक्रमण विरुद्ध रोग प्रतिरोधी क्षमता बृद्धि गर्न सहयोग पुग्ने त्यस्तै एउटा क्वाथ तयार गर्ने विधि म उल्लेख गर्दैछु :

क्वाथ तयार गर्ने द्रव्यहरु

द्रव्य – प्रतिशत
ज्वानो – २०
बिरेनुन – ५
तुलसी – ३०
मुगिलो वा असुरो – २०
हिङ – १
बेसार – ७
ल्वाङ – ४
शिघ्रु – १३

यी सबै द्रव्यहरुलाई एकै ठाउँमा मिसाइ १०, १५ मिनेट उमालेर छान्ने र थर्मसमा राख्नु पर्छ  । यस काँडालाई मनतातो बनाई २, २ घण्टामा पिउने गर्नुपर्छ । यसको सेवनले भाइरसको संक्रमणमा निक्कै फाइदा गर्छ ।

माथि उल्लखित क्वाथले स्वस्सन तन्त्रिका र पाचन तन्त्रिकाको रोगमा फाइदा गर्छ ।  आयुर्वेदमा आधारित यस्ता थुप्रै जडीबुटीमा आधारित औषधीहरु अहिले विश्व महामारीको रुपमा देखापरेको कोरोनाका विरुद्धमा पनि प्रभावकारी साबित हुन सक्छ । साथै, यस्ता औषधीहरुको प्रभावकारिताका बारेमा अध्ययन अनुसन्धानमा जोड दिनु जरुरी छ । अध्ययन अनुसन्धानले त्यसको प्रभावकारिता सिद्ध गर्न सकियो र पश्चिमा औषधि विज्ञानले औषधि पत्ता लगाउन नसकेका रोगहरुका विरुद्धमा यसको सर्वोच्चतालाई पुष्टि गर्न सकियो भने भोलि यसको व्यवसायिक उत्पादन नै गरेर देशको काँचुली फेर्न सक्ने सम्भावना पनि हुन सक्छ । यसबारेमा सरकारले गम्भीर रुपमा सोच्नुपर्छ ।

एक पटक पढ्नुहोस