भक्तपुर – एक महिला जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर नगरपालिका उच्च सर्तकता अपनाइएको छ ।भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा संक्रमण पुष्टि भएको हो ।
भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको सोही वडाका वडाअध्यक्ष रविन्द्र ज्याख्वाले रातोपाटीलाई जानकारी दिएका छन् ।