पत्रकार र सञ्‍चार क्षेत्रका लागि राहत प्याकेज घोषणा गर्न प्रेस युनियनको माग

काठमाडौं । नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि अविलम्ब विशेष राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरेको छ । प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललेले आइतबार प्रेस विज्ञप्ति जारी गरेर सरकारलाई कोरोनाको महामारीबाट चेपेटामा परेका श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि अविलम्ब विशेष राहत प्याकेजको घोषणा गर्न माग गरेको हुन् ।

सञ्चारकर्मी आप्mनो पेसाबाट पलायन हुने र सञ्चार क्षेत्रप्रति नै वितृष्णा जगाउने अवस्था आउन नदिन समयमै सबै पक्षले सचेत हुनुपर्नेमा समेत युनियनको जोड छ । नेपाली प्रेसले हरेक अन्याय, अत्याचार, असहज अवस्था, निरंकुश पद्धतिविरुद्ध र लोकतन्त्रको पक्षमा अग्रमोर्चामा लडेको इतिहास भए पनि झन्डै दुईतिहाइको सरकार अहिलेको जटिल अवस्थाप्रति बेखबर र बेपर्वाह हुनु लज्जाजनक भएको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष सिग्देलले नेपाली सञ्चार क्षेत्रको संवेनशीलताप्रति अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को पनि ध्यानाकर्षण गराएका छन् ।

एक पटक पढ्नुहोस