दयाहाङ राई जोडिए क्रियशन र कोका—कोलाको जारी राहत वितरण पहलमा

काठमाडौं— क्रियशन नेपालले द कोका—कोला फाउण्डेशनको साथमा सफाईकर्मी समुदायका लागि तेस्रो साताको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । जसमा अभिनेता तथा क्रियशनका सद्भावना दूत दयाहाङ राई र ललितपुर क्षेत्रमा ललितपुर नगरपालिकाका मेयर चि री बाबु महर्जनको उपस्थीति रहेको थियो ।

राहत वितरण कार्यक्रम क्रियशन र द कोका—कोला फाउण्डेशनको संयुक्त पहलमा ३२०० जना सफाईकर्मीहरुलाई सहयोग गर्ने लक्ष्यका साथ जारी सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्सा हो ।

उक्त टोलीले यस साताको चार दिनको वितरण अवधिमा २८७ सफाईकर्मी माँझ पुगी लाभान्वितहरुलाई गुणस्तरिय राशन प्याकेजहरु, औषधी, जागरुकता सामग्री र ग्लभ्स, बुट, पीपीई समावेश गरिएको रक्षात्मक सामग्री प्रदान गरेका थिए ।

यसका साथै चिकित्सा परामर्श र सामान्य स्वाच्छता जागरुकता पनि प्रदान गरिएको थियो । राहत वितरण कार्यक्रमहरु टेकु, सानेपा, कोटेश्वर, बालकुमारी, सतुंगल, भैंसेपाटी लगायत काठमाडौं र ललितपुरका विभिन्न स्थानहरुमा पार्टनरहरु रिसाइकलर्स साथी र हिमालयन क्लाइमेट इनिसियटिभको सहयोगमा आयोजना गरिएको थियो ।

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रुपमा जेठ २ गतेबाट शुरु भएको हो र हालसम्म १५ वटा राहत कार्यक्रम सम्पन्न गरि १४०० भन्दा बढि सफाईकर्मीहरु लाभान्वित भइसकेका छन् । यस अवधिमा एक परिवारका ५ सदस्यलाई एक महिनासम्म पुग्ने राशन प्याकेजहरु वितरण गरिएको थियो जहाँ ७१०० भन्दा बढि लाभान्वित भइसकेका छन् ।

यसका साथै ४५० वटा रक्षात्मक सामग्री वितरण गर्नुका साथैं जागरुकता कार्यक्रम र चिकित्सा परामर्श पनि प्रदान गरिएको थियो । यो परियोजना नेपालभरका ३२०० सफाईकर्मीहरुलाई सकारात्मक लाभ पु¥याउने लक्ष्यका साथ चालू कोभिड—१९ महामारीको सामना गर्नका लागि प्रतिक्रियाको रुपमा शुरु गरिएको थियो । यो परियोजनाले काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा भएका सफाईकर्मीको उथानमा मदत पुराउने छ ।

यस जारी परियोजनाका बारेमा क्रियशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भने, ‘हामी अर्को एक साताका लागि अधिक सफाईकर्मी, हाम्रा पर्यवरण नायकहरुलाई सहयोग गर्न सक्षम हुँदा सविनय महशुस गर्दछौं । हामी यो परियोजनामार्फत धेरै भन्दा धेरै सफाईकर्मीहरु माँझ पुग्न निरन्तर कोशिस गरिरहेका छौं र सकेसम्म हाम्रो सहयोगलाई अझ विस्तार गर्ने आशा गर्दछौं ।’

कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने,‘हाम्रो र वातावरणको सेवामा समर्पित अग्रपंतिमा रहेका सफाईकर्मीहरुलाई हामी कृतिज्ञता र आभार प्रकट गर्दछांै र क्रियशनको साथ हामी उनीहरुको सुरक्षा र स्वास्थ्य प्राथमिकतामा रहेको सुनिश्चित गर्न चाहान्छौं । यस साता हाम्रो राहत कार्यक्रमलाई सहयोग गर्न हामीसंग दयाहाङ राईको उपस्थीतिले हामी खुशी छौं ।’

एक पटक पढ्नुहोस