राष्ट्रियसभामा शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रियसभाको बैठकले ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि  विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७७  सभासमक्ष टेबुल गरे ।

बैठकले संविधानसभा सदस्य तथा पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मेघराज निषाद सहनीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २९ गते बिहान ११ बजे बस्नेछ ।

एक पटक पढ्नुहोस