After header

किसानलाई कृषि सामाग्री दिन जसपाको माग

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले भोकमरी तथा कमजोर अवस्थामा रहेका किसानलाई मलखाद, किटनाशक तथा अन्य कृषि समाग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

धानखेतीको प्रारम्भमा देशभरी बीउविजन, डिएपी तथा युरियाको चरम अभाव भन्दै जसपाले कोरोना अवधिमा आर्थिक संकटबाट गुज्रिराखेका कृषकलाई मलखाद, किटनाशक तथा अन्य कृषि समाग्री उपलब्ध गराउन माग गरेको हो ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले बुधवार विज्ञप्ति जारी गर्दै सरकारको नीति तथा कार्यक्रममा कृषिलाई लाभमुलक पेशा बनाई कृषि राजेगारीमा अभिवृद्धि गर्ने तथा खाद्यान्नमा देशलाई आत्मनिर्भरता तर्फ लैजाने भनिएपनि किसान अभाव र संकटबाट गुज्रिरहेको बताएका छन् ।

एक पटक पढ्नुहोस