सुदूरपश्चिम प्रदेश सरकारद्वारा करमा व्यापक कटौती, ठूला गाडी चढ्नेलाई अब सजिलो

काठमाडौं । सुदूूरपश्चिम प्रदेश सरकारले घरजग्गाको नामसारी र सवारीसाधनमा लाग्दै आएको शुल्कमा व्यापक कटौती गरेको छ । सो प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार प्रदेशसभामा पेश गरेको आर्थिक विधेयकमा सवारीसाधन र घरजग्गा रजिष्ट्रेसन दस्तुमा व्यापक कटौती गरेको हो ।

प्रस्तावित ऐन अनुसार अब सो प्रदेशमा दर्ता भएका मोटरसाइकलहरुमा २५ सय रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म मात्रै शुल्क लाग्नेछ । यसअघि यो २५ सय रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म थियो ।

त्यस्तै यसअघि १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँ प्रतिवर्षसम्म कर रहेको कार, जीम माइक्रोवस र भ्यानहरुको कर घटाएर ८ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म पुर्याइएको छ ।

त्यस्तै डोजरको शुल्क २५ हजारबाट १५ हजार रुपैयाँ, ट्याक्टरको ३ हजारबाट १५ सय रुपैयाँ, पावर ट्रिलरको २५ सय रुपैयाँबाट १ हजार रुपैयाँ, मिनिट्रक र मिनिबसको १५ हजारबाट १० हजार रुपैयाँ, मिनी ट्रिपरको १७ हजार रुपैयाँबाट १२ हजार रुपैयाँ तथा ट्रक र बसको सवारीसाधन कर २० हजार रुपेंयाबाट १६ हजार रुपैयाँमा झारिएको छ । भाडाका माइक्रोबस र मिनिबसहरुलाई विद्यार्थीहरुलाई सहुलियत दिएका त्यस्तो शुल्कमा ६० प्रतिशतसम्म छुट दिने समेत व्यवस्था गरिएको छ ।

त्यस्तै सो क्षेत्रमा सामूहिक आवासका लागि घरजग्गा किन्नका लागि लाग्ने घरजग्गा रजिष्ट्रेसन शुल्कमा व्यापक छुट दिइएको छ । यसअघि त्यस्तो यसअघि उपमहानगर, नगर र गाउँ क्षेत्रमा त्यसका लागि क्रमशः ४ प्रतिशत, ३ प्रतिशत र २ प्रतिशत शुल्क लाग्ने गरेकोमा क्रमशः १ प्रतिशत ०.५ प्रतिशत र ०.२५ प्रतिशत कायम गरिएको छ ।

गाउँपालिका क्षेत्रमा जग्गा किन्दा लाग्ने दस्तुरलाई २.२५ प्रतिशत शुल्कबाट घटाएर २ प्रतिशत पुयाइएको छ । उपमहानगर र नगरपालिका क्षेत्रको रजिष्ट्रेसन दस्तुरलाई ५ प्रतिशत र ५.५ प्रतिशतमा यथावत राखिएको छ ।

एक पटक पढ्नुहोस