काठमाडौंबाट पक्राउ परेका अस्ट्रेलियन फिल्ममेकर रिहा

काठमाडौंमा भएको आन्दोलनका क्रममा पक्राउ परेका अस्टे«लियन फिल्ममेकररिहा भएका छन् । न्यु साउथवेल्सस्थित ब्लु माउन्टेन्सका कालानी गाकोन अन्य ६ विदेशीसँगै शनिबार काठमाडौंमा आन्दोलनका क्रममा पक्राउ परेका थिए ।
कोरोना भाइरस नियन्त्रणमा सरकारले ध्यान दिन नसकेको भन्दै सयौं व्यक्तिहरुले शनिबार प्रदर्शन गरेका थिए । प्रदर्शनको भिडियो खिच्न आएका २४ वर्षीय कालानले सोमबार रिहा भएपछि सबैलाई धन्यवाद दिएका छन् । ‘सबैको कठिन मेहिनत, प्रार्थना र सभावका लागि धन्यवाद् । हामी जेलबाट रिहा भएका छौं,’ गाकोनले फेसबुकमा लेखेका छन् ।

यसअघि नेपालको आन्तरिक मामिलाबारे भिडियो खिचेका कारण उनलाई पक्राउ गरिएको थियो ।

एक पटक पढ्नुहोस