जनकपुरधाम उपमहानगरको बैठकमा लफडा, वडाध्यक्षले च्याते माइन्युट

नगर प्रमुख लालकिशोर साह र उपप्रमुख रिता मिश्र मिलेर हैकमवादी शैलीमा बैठक सञ्चालन गर्न खोजेको बैठकमा उपस्थित वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आरोप लगाए ।  साहले माइन्युटमा जबरजस्ती हस्ताक्षर गराउन खोजेपछि आफूले माइन्युट च्यातेको वडाध्यक्ष जानकीरामले बताए ।

पालिकाको सभा सञ्चालन गर्नुअघि नीति तथा कार्यक्रम बोर्ड बैठकबाट पारित गराउनुपर्ने हुन्छ । नीति तथा कार्यक्रम पारित गराउनका लागि जनप्रतिनिधिहरुलाई  कम्तीमा २४ घण्टा अगाडी उपलब्ध गराउनुपर्ने उपमहानगरपालिकाले बनाएको बैठक सञ्चालन सम्बन्धि कार्यविधि सम्बन्धी १२ नम्बर बुँदाको १ मा उल्लेख छ । तर नीति तथा कार्यक्रम अध्ययन गर्न नै नदिई सीधै बोर्ड बैठकमा उपलब्ध गराइएको भन्दै वडा अध्यक्षहरु आक्रोशित भएका हुन् । नगर प्रमुख साहको रबैयाप्रति वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साहले आपत्ति जनाए ।  उनले प्रमुख साहको रबैया नसच्चिए बैठक सञ्चालन हुन नदिने चेतावनी दिए । वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले नगर प्रमुख साह अलोकतान्त्रिक विधि अपनाएर अगाडी बढ्न खोजेको आरोप लगाए ।

वडाध्यक्षहरुले प्रत्येक वर्ष बजेट फ्रिज हुँदै आएकोप्रति समेत आपत्ति जनाएका छन् । वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले उपमहानगरबाट २५ वटै वडाका लागि कूल १२ करोड ७५ लाख रुपैयाँ मात्रै जाने गरेको र अरु पैसा मेयर साहले भ्रष्टाचार गर्नकै लागि नीजि श्रोतको रुपमा राखेको आरोप लगाए ।

यता, उपप्रमुख रिता मिश्रले भने बैठक नै शुरु हुन नदिई वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले माइन्युट च्यात्नु गलत रहेको बताइन् । उनले बैैठक सुरु हुने वित्तिकै सम्पूर्ण हरहिसाब वडाध्यक्ष लगायतकम कार्यपालिका सदस्यहरुलाई उपलब्ध गराउने योजना रहेको बताउँदै भनिन्– ‘वडाध्यक्षहरुले देखाएको रबैया गलत हो ।’ उनले माइन्युट च्यात्ने वडाध्यक्षविरुद्ध मुद्दा चलाउने तयारी समेत भइरहेको जानकारी दिइन् ।

बैठकस्थलमा नगर प्रमुख र उपप्रमुखले आफुलाई सुरक्षित नदेखेपछि प्रहरी समेत बोलाएका थिए । सो क्रममा वडा नम्बर १० का वडाध्यक्ष मिथिलेक कर्णमाथि हातपात समेत गरिएको बताइएको छ । यद्यपि,नगर प्रमुख लालकिशोर साहले जसरी भएपनि आज रातीसम्म नयाँ माईन्यूट खडा गरेर बुधबार नगरसभा सम्पन्न गर्ने योजना रहेको जानकारी दिए ।

 

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकमा नगर प्रमुख लालकिशोर साहले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाउदैँ वडाध्यक्षहरुले विरोध गर्दा लफडा भएको छ । उपमहानगरको नीति तथा कार्यक्रम तयार पार्नका लागि बोलाइएको बोर्ड बैठकमा अधिकांश वडाध्यक्षहरुले नगर प्रमुखको रबैयाप्रति विरोध जनाएपछि घम्साघम्सी भएको हो ।  साहले छलफल नै नगरी तयार पारेको  नीति तथा कार्यक्रम र हिसाबको विवरणमा हस्ताक्षर गराउन खोजेपछि वडाध्यक्षहरु आक्रोशित भएका थिए । विवाद चर्किएपछि वडाध्यक्षहरुले माइन्युट समेत च्यातेका छन् ।

एक पटक पढ्नुहोस