सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुग्यो

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा रु ५०० ले बढेर तोलामा ९१ हजार १०० रुपैंयाँमा कारोबार भएको हो ।

यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसअघि गत सोमबार सुन तोलामा ९१ हजार पुगेको थियो । तर त्यसको भोलिपल्ट अर्थात मंगलबार घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भएपनि बुधबार फेरि बढ्न पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

यसैगरी बुधबार तेजावी सुन तोलामा ९० हजार ६६५ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी बुधबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ।  मंगलबार चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको थियो ।

एक पटक पढ्नुहोस