कैलाली । कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले ८ वर्ष ७ महिनापछि पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका ९ का कर्तव्य ज्यान मुद्धाका प्रतिवादी सुवर्ण श्रेष्ठलाई ८ वर्ष ७ महिनापछि प्रहरीले पक्राउ गरेको हो ।
२०६८ मंसिर १८ गते धनगढी उपमहानगरपालिका ८ धनगढी गाउँस्थित दुर्गा मन्दिरमा लागेको मेला हेर्न गएको समयमा वर्ष ४० का एक व्यक्तिलाई कुटपिट गरेको र उपचारको क्रममा उनको मृत्यु भएपश्चात श्रेष्ठ फरार रहको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए ।
प्रहरीले उनलाई लामो समयपछि उनलाई पक्राउ गर्न सफल भएको र आवश्यक कार्वाहीका लागी आज कैलाली जिल्ला अदालत बुझाएको उनले बताए । अर्का एक प्रतिवादीलाई पनि उतिखेर नै पक्राउ गरि कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत कैलालीले २० वर्ष सजायको फैसला गरेको विष्टको भनाई छ ।
