११ असोज, काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएका दुई आर्क ब्रिज अन्य पुलभन्दा भिन्न छन् । यसलाई अझ सुन्दर बनाउने गरी सडक विभागले रंगरोगन थालेको छ । यसअघि नै यो पुलमा सडक उज्यालिने गरी बत्ती जोडेर साँझमा झिलीमिली देखिने बनाइसकिएको छ ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीका अनुसार यो पुलमा रंगरोगन गरेर थप बत्ती जोडिनेछन् । ‘अब सडकमा झिलीमिली बनाउँदा त दुर्घटनाको डर हुन्छ,’ उनले भने,‘तर सडकमा असर नपर्ने गरी दायाँ–बायाँबाट आकर्षक देखिने गरी रंगिचंगी बत्ती पनि जोड्छौं ।’
