१२ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पछाडि विद्युतीय कारोबारमा आकर्षण बढेको छ । कोरोनाका कारण बैंकसम्मै पुगेर वित्तीय कारोबार गर्न अप्ठेरो परेका कारण पनि बन्दाबन्दीको समयमा विद्युतीय कारोबारमा उल्लेखनीय प्रगति भएको हो ।
पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र विद्युतीय भुक्तानी उपकरणमा सर्वसाधारण अभ्यस्त हुनुको कारण विद्युतीय भुक्तानी कारोबार उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

