After header

जनताले फालेको राजतन्त्र ल्याएर जनता सम्मानित हुँदैनन् : प्रदीप पौडेल

काँग्रेसका केन्द्रीय प्रदीप पौडेलले जनताले फालेको राजतन्त्र ल्याएर जनता सम्मानित नहुने बताएका छन् । कांग्रेस कञ्चनपुरले सोमबार महेन्द्रनगरमा आयोजना गरेको सरकारविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।“पछिल्लो समय राजतन्त्र ल्याउन सडकमा एकथरीको भीड लाग्ने गरेको छ,” उनले भने, “जनताले नै राजतन्त्र फालेका हुन् । फेरि राजतन्त्र ल्याएर जनता सम्मानित हुँदैनन् ।”

केन्द्रीय सदस्य पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनतामाथि शोषण भइरहेको बताउँदै सरकारले जनताका लागि केही गर्न नसकेको दावी गरे । देशमा विभिन्न बहानामा भ्रष्ट्राचार मौलाएको बताउँदै उनले सरकार नै ओम्नी समूह र भ्रष्टाचारको काण्डमा मुछिएकाहरुलाई संरक्षणमा लागेको आरोप लगाए ।

नेता पौडेलले सरकारले अहिलेसम्म उपसभामुख चयन गर्नु नसक्नुले सरकारको चेतनाको स्तरलाई प्रष्ट पारेको टिप्पणी गरे ।

विगतमा कांग्रेसले पनि गल्तीहरु गरेको स्वीकार गर्दै नेता पौडेलले वर्तमान अवस्थामा कांग्रेस नराम्रोहरु मध्येको राम्रो भएको बताए ।
मुलुकमा थुप्रै समास्याहरु भएकाले सधै निराशावादी भएरमात्रै समास्याको समाधान नहुने नेता पौडेलको भनाइ थियो ।

एक पटक पढ्नुहोस