After header

बुँदा नम्बर १९९ : राष्ट्रपतिले ल्याएको अध्यादेश कसरी सच्चिन्छ ?

विज्ञ भन्छन्– अब अर्को अध्यादेश ल्याएर गल्ती सच्याउनुपर्छ

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ मा गरेको बजेट भाषणको बुँदा नम्बर १९९ मा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यून गरिने कुरा उल्लेख गरे । अर्थमन्त्रीको भाषणलगत्तै यसलाई सच्याइनुपर्ने माग उठेको छ ।

अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गरेको अवस्थामा त्यसमाथि छलफल हुन्छ र अर्थमन्त्रीले संसदलाई जवाफ दिने बेलामा त्रुटिहरु सच्याउँछन् र बल्ल बजेट पारित हुन्छ । तर, राष्ट्रपतिले अध्यादेशमार्फत ल्याएको बजेटमा देखिएको त्रुटि कसरी सच्याउने ? के अर्को अध्यादेश नै जारी गरेर त्रुटि सच्याउने ?

यो पनि
बजेटको बुँदा नं १९९ : भावी पुस्तालाई अभिशाप नबनोस्
​अध्यादेशको त्रुटि सच्याउनेबारे पछि चर्चा गरौं । यहाँचाहिँ चुरे दोहनको विवादबारे चर्चा गरौं –

चुरे क्षेत्रको अत्याधिक दोहन भई पानीको संकटका साथै भूक्षय र डुबानका समस्या बढ्न थालेपछि सरकारले २०६६÷६७ सालदेखि चुरे क्षेत्र संरक्षणको अभियान चलाउँदै आएको छ ।

चुरे संरक्षण अभियानका अभियानकर्मी एवम् पूर्वअर्थसचिव रामेश्वर खनाल सरकारको उद्देश्य चुरे क्षेत्रको दोहन गर्न दिने नभई अन्य क्षेत्रमा आँखा गाडेको बताउँछन् । मुख्यतः सिद्धबाबा र दाउन्नेको डाँडो काटेर बेच्ने स्वार्थका साथ अध्यादेशका रुपमा आएको बजेटमा यस्तो कुरो उल्लेख भएको खनालको टिप्पणी छ ।

राष्ट्रपति चुरे संरक्षण अभियान चलाएर चुरे क्षेत्रमा हुने उत्खनन रोक्न सरकारले २०७१ सालमा ढुंगा गिट्टी बालुवाको उत्खननमा पूर्ण प्रतिबन्ध नै लगायो । त्यसपछि केही मत्थर भएको अवैध उत्खननलाई वैधानिकता गरी विनियोजन अध्यादेशको बुँदा नम्बर १९९ मा ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन र निकासी नै गर्ने योजना बनाएर प्रस्तुत गरियो ।

यतिबेला चुरे क्षेत्रको उत्खनन गर्नका लागि क्रसर उद्योगी र व्यापारीको दबावमा खोलिएको र आगामी चुनावमा यसको प्रत्यक्ष लाभ लिन पैसा उठाउने मेसो भएको वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको आरोप छ । चुरे क्षेत्रमा बालुवा, ढुङ्गा र गिट्टी निकाल्न थाल्ने हो भने तराई क्षेत्र मरुभूमिमा परिणत हुने न्यौपानेको भनाइ छ ।

एक पटक पढ्नुहोस