प्रदेश २ सरकारमा काँग्रेस र माओवादी केन्द्रलाई ‘इन्ट्री’ गराउने जसपाको तयारी

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारबाट एक मन्त्री र चार राज्यमन्त्रीलाई बर्खास्त गरेपछि काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने तयारी भइरहेको छ ।

जनकपुरमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादी केन्द्रसँग वार्ता गरिरहेका छन् । जसपाका एक नेताका अनुसार काँग्रेसबाट दुईजना र माओवादी केन्द्रबाट एकजना गरी तीनजनाको आजै वा भोलीसम्म सपथ हुने तयारी भइरहेको छ ।

काँग्रेस र माओवादी केन्द्र सरकारमा आउने सहमति जनाइ सकेको छ, अब कुन कुन मन्त्रालय दिने विषयमा छलफल भइरहेको बताइएको छ । काँग्रेसबाट रामसरोज यादवको र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा जाने लगभग तय भइसकेको छ ।

एक पटक पढ्नुहोस