संवैधानिक इजलासमा आज दुई न्यायाधीशले राय दिने

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाईका लागि सोमबार संवैधानिक इजलास बस्दैछ । इजलासमा आज न्यायाधीश दिपक कुमार कार्की र डा. आनन्दमोहन भट्टराइले आफ्नो राय दिँदैछन् ।

जेठ १८ मा कार्की र भट्टराइ राय सहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । आइतबार दिनभर संवैधानिक इजलासबाट दुई न्यायाधीश इजलासबाट बाहेक हुनु पर्ने वा नपर्ने भन्नेबारे बहस भएको थियो ।

महान्यायाधीवक्ता रमेश बडाल सहितका सरकार पक्षका कानुन व्यवसायीले बाहेक हुनुपर्ने तर्क गरेका छन् । रिट निवेदक पक्षका कानुन व्यवसायीले वरिष्ठताको

एक पटक पढ्नुहोस