After header

माधव पक्षका नेतालाई मन्त्री बनाउन ओलीको पर्खाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपरान्ह ५ बजेसम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने योजना बनाएका थिए । तर, माधव नेपाल पक्षलाई पनि समेट्ने अन्तिम प्रयासस्वरुप आइतबार मन्त्रिपरिषद विस्तार भएन ।

प्रधानमन्त्री ओलीले आफूसँगै राखेका ६ वटा मन्त्रालयमा पूर्वमाओवादी र एमालेका नेताहरुलाई समेटेर आइतबार थप मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेका थिए । यसका लागि अधिकांश नामसमेत तयार भइसकेको थियो ।

मन्त्री नियुक्तिका लागि आइतबार दिउँसो प्रधानमन्त्री ओलीले बालुवाटारमा एमाले नेताहरुसँग छलफल गरेका थिए । तर, सो छलफलमा मन्त्रिपरिषद विस्तारलाई रोकेर माधव–झलनाथ पक्षसँग एकताको प्रयास गर्ने नेताहरुबीच सहमति भयो र ओलीले साँझ वक्तव्य जारी गरे ।

एक पटक पढ्नुहोस