After header

ओलीको बहिर्गमनसँगै महन्थ ठाकुरको राजनीतिक भविष्य के होला ?

सर्वोच्च अदालतको आदेशसँगै प्रतिनिधिसभा पुनर्स्थापना हुनुका साथै काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएका छन् । उता, प्रतिनिधि सभा विघटन गर्ने कदम फेरि एकपटक असफल भए पनि र प्रधानमन्त्री पद गुमाए पनि केपी शर्मा ओली देशकै ठुलो पार्टीको नेता र प्रतिपक्षी दलको नेता भने रहिरहनेछन् ।

तर पछिल्लो राजनीति प्रकरणमा ओलीलाई साथ दिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको राजनीतिक भविष्य कस्तो हुने हो भन्ने चिन्ता र चर्चा सुरु भएको छ । सर्वोच्चको पछिल्लो निर्णयपछि राजनीतिक विश्लेषकहरू ठाकुरको राजनीतिक भविष्य सङ्कटमा परेको बताउँछन् ।

सर्वोच्च अदालतको आदेशबारेमा ठाकुर पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । ठाकुर पक्षीय नेताहरू यस विषयमा पार्टीले आधिकारिक धारणा बनाएपछि मात्र केही प्रतिक्रिया दिने भन्दै बोल्नबाट पन्छिरहेका छन् । ठाकुर पक्षीय कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले सर्वोच्च अदालतले गरेको निर्णयलाई सबैले पालना गर्नुपर्ने धारणा राखेका छन् । त्यसबाहेक अदालतको फैसलाबारे अन्य कुनै शीर्ष नेताको भनाइ सार्वजनिक भएको छैन ।

संसद् पुनर्स्थापना नभए ओलीको सरकारले निरन्तरता पाउने र त्यो सरकारमा पुनः सहभागी हुने ठाकुर पक्षका नेताहरूको तयारी थियो । त्यही कारणले कतिपय निवर्तमान मन्त्रीहरूले मन्त्री क्वार्टरबाट आफ्नो सामानसमेत सारेका थिएनन् । तर सर्वोच्च अदालतको निर्णयले त्यो सपना तुहिएको छ भने ठाकुर पक्षलाई राजनीतिक सङ्कटमा धकेलिदिएको छ ।

एक पटक पढ्नुहोस