After header

कांग्रेसद्वारा स्थानीय चुनावका लागि घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान घोषणा

 सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले स्थानीय चुनावलाई लक्षित गरी अभियान घोषणा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता डाप्रकाशशरण महतले अभियान घोषणा गरेका हुन् । यो अभियान अन्तर्गत कांग्रेसका हरेक नेता कार्यकर्ताले जिम्मेवारी पाउने र टोलदेखि केन्द्रसम्मका कमिटीहरू परिचालन गरी कांग्रेसका उम्मेदवारलाई जिताउने उनले बताए ।

देशैभरिबाट धेरै भन्दा धेरै पालिकामा कांग्रेसलाई जिताउन सबै एक भएर लाग्ने उनले बताए ।

एक पटक पढ्नुहोस