After header

४६ जिल्लाको मतपत्र छपाइ सकियो

अब बाकी समयमै सक्छौ ः आयोग

काठमाडौं/ बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ४६ जिल्लााका लागि मतपत्रको छपाई सकिएको जनाएको छ । निर्वाचन आयोगको कार्यालयमा पत्रकार सम्मेलन गदै आयोगले आज सोमबार सम्ममा ४६ जिल्लाका लागि करीब ९५ लाख २५ हजार मतपत्र छापिसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
देशैभरका स्थानिय तहको एकै पटक हुन गईरहेको स्थानिय तहको निर्वाचनलाई १ करोड ९४ लाख थान मतपत्र चाहिनेमा बैशाख ५ गते सम्म करीब ९० लाख भन्दा बढी मतपत्र छापिसकेको समेत उनले जानकारी दिए । शुरुमा दुर्गम जिल्लाका मतपत्र छपाई शुरु गरेका समेत उनले जानकारी दिए ।
पहिला दुर्गम जिल्लालाई प्राथमिकता दिने उदेश्यले हामीले दुर्गम जिल्लाको मतपत्र छपाईको काम गरिरहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । ‘

एक पटक पढ्नुहोस