After header

बैंकिङ कसुर मुद्दाका फरार भिमसेन पक्राउ

धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेले बैकिङ कसुरमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने काभ्रे जिल्ला धुलिखेल वडा नं. ४ का भिमसेन थापालाई बैकिङ कसुरमा उच्च अदालत पाटनले फैसाल गरेकोमा फरार रहेको थापालाई धुलिखेल वडा नं. ४ बाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकृत हरि खतिवडाले जानकारी दिए ।

२०७८ साल असोज ८ गते सम्मानित उच्च अदालत पाटनले बैकिङ कसुरमा फैसाल गरीएकोमा सम्मानित जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका प्रतिवादीहरुको भिमसेन थापालाई धुलिखेल बाट पक्राउ गएिको खतिवडाले जानकारी दिए । फैसला कार्यन्वयनको लागि सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएको समेत उनले जानकारी दिए ।

एक पटक पढ्नुहोस