After header

एमाले टुंगायो उम्मेदवार

काभ्रे/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनलाई नेकपा एमालेले १३ वटै तहका उम्मेदवार टुगाएको छ । काभ्रेमा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा आज आईतबार १ सय ३५ वडाको वडा अध्यक्ष, नगरपालिकाको मेयर, उपमेयर र गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सबै टुगिएको एमालेका जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिए ।

उनका अनुसार धुलिखेल नगरपालिका प्रमुखमा अशोक व्यञ्जु श्रेष्ठ र उपप्रमुखमा लालतारा अधिकारी, बनेपाको प्रमुखमा रत्नकुश रञ्जित र उपप्रमुखमा विमला सापकोटा, पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गीता बञ्जरालाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यसैगरी, नमोबुद्धको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुरको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाल तथा पाँचखालको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेले भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउरालीको अध्यक्षमा जिताराम लामा र उपाध्यक्षमा बबिता खरेल, बेथानचोकको अध्यक्षमा कमल तिमिल्सना र उपाध्यक्षमा सरला लामिछाने, रोशीको अध्यक्षमा देवसागर लामा र उपाध्यक्षमा बबिता बोहरा, तेमालको अध्यक्षमा इन्द्र तामाङ र उपाध्यक्षमा सम्तेन लामा, खानीखोलाको अध्यक्षमा डम्बर तिमल्सिना र उपाध्यक्षमा रुकमणि गुरुङ तथा महाभारतको अध्यक्षमा पूर्णबहादुर वाइबा र उपाध्यक्षमा शान्ति तितुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवार टुंगो लागिसकेको भए पनि सबै स्थानीय तहमा १२ गते सोमबार मात्र उम्मेदवारी दर्ता गर्ने एमालेले तयारी रहेको उनले बताए ।

एक पटक पढ्नुहोस